प्रचण्ड सोमवार भारत जाँदै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार भारतको  मुम्बई जाने भएका छन् । पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लैजान लागिएको हो ।

आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएका छन् ।

सीता दाहाल लामो समयदेखि बिरामी छन् । केही दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा उनको उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?