सकियो माधव नेपालको अध्यक्षतामा बसेको नेकपाको स्थायी कमिटी बैठक, के भयो निर्णय ?

काठमाडौं । प्रचण्ड नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति पार्टी अध्यक्ष माधव नेपालको संयोजकत्वमा एउटा समिति बनाएको हो ।

बैठकले संसद् विघटनविरुद्ध शनिवार घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुमोदन समेत गरेको श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?