काठमाडौं आसपासका ८ ‘हाइकिङ डेस्टिनेशन’ (भिडियो रिपोर्ट)

काठमाडौं– काठमाडौं अर्थात् एउटा व्यस्त सहर । सहरको भीडम्भीड ट्राफिक जाम जस्तै यहाँका अधिकांश वासिन्दा पनि निकै व्यस्त छन् । यहाँ कोही हातमुख जोर्न त कोही नयाँ अवसरका लागि दौडदौड गरिरहेका छन् ।

यहाँ कतिपयको जीवनशैली व्यस्त मात्रै होइन अस्तव्यस्त देखिन्छ । भनिन्छ, ‘व्यस्तताले सफलतालाई पछ्याउँछ ।’ तर, अस्तव्यस्तताले ? हो, अस्तव्यस्तताले उल्टै स्वास्थ्यलाई नै हानी गर्दछ ।

अस्तव्यस्त जीवनशैलीले मानिसको शारिरिक, मानसिक र संवेगात्मक संरचनालाई नै लथालिंग बनाइ दिन्छ । जव मानिसको शारिरिक, मानसिक र संवेगात्मक अवस्था नै खलबलिन्छ तव यसले उसको वृति विकासमा नै असर गर्छ ।

त्यसकारण स्वस्थ जीवनका लागि स्वस्थ्य जीवनशैली अत्यावश्यक कुरा हो । त्यसका लागि मनोरोञ्जन र घु्मफिरले ठूलो भूमिका खेल्दछ । व्यस्त दैनिकीबाट कहिलेकाहीँ धेरैलाई छुटकारा पाउन मन लाग्दो हो । एकछिनलाई भएपनि जीवन हलुका गरी बाँच्न मन लाग्दो हो । हप्तामा एकदिन हुने विदाको दिनलाई कम्तीमा भरपूर रमाइलो गर्दै बिताउन मन लाग्दो हो । परिवार र साथीभाइसँग मनोरञ्जन गर्दै मूडफ्रेसका साथ समय बिताउन मन लाग्दो हो ।

के तपाई पनि अस्तव्यस्त दैनिकीबाट मुक्त हुन चाहनु हुन्छ ? यदि यस्तै सोचिरहनु भएको छ भने तपाईको सोचलाई मध्यनजर गर्दै हामीले काठमाडौं नजिकका त्यस्ता केही स्थानहरुको सूची तयार पारेका छौं  । जहाँ पुगेर तपाई एकदिनको विदा रमाइलो गरी बिताउन सक्नुहुन्छ ।

विशेष गरेर प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, डाँडाकाँडा, वनपाखामा रम्न चाहनेहरुका लागि काठमाडौंमा वा नजिकै धेरै ठाउँहरु छन् जहाँ हाइकिङ गर्दै जान सकिन्छ । यस्ता ठाउँ जहाँ तपाई शहरको कृत्रिम झिलिमिली र नाइट क्लबको कानै खाने संगीतको छनकसमेत पाउनु हुने छैन । जुन शान्तिको खोजीमा भौतारिरहनुभएको छ, त्यही प्राप्त गर्नसक्नु हुनेछ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?