ओलीले प्रचण्डलाई भने-‘कार्यकारी दिँदा उपद्रो मच्चाएपछि हटाएँ, अध्यक्ष यथावत छ आउनुहोस्’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिँदा उपद्रो मच्चाएको बताएका हुन् ।

साथै प्रधानमन्त्री ओलीले आफूले प्रचण्डलाई कार्यकारीबाट हटाए पनि अध्यक्षमा भने यथावत नै राखेको भन्दै पार्टीमा फर्कन आग्रह गरेका छन् ।

उनले भने, ‘कार्यकारी पद मैले दिएको थिएँ, कार्यकारी दिँदा अत्यन्त उपद्रो मच्चाउनु भयो’, कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले कार्यकारी हटाइदिएको छु, अध्यक्ष यथावत छ, आउनुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?