काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नै कीर्ते कामको साक्षी बसेको आरोप लगाएका छन् ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘सभामुखजस्तो मान्छेले साढे ३ बजे लगेको निवेदन बिहान साढे १० मा नै आएको भनेर कीर्ते साक्षी बस्नु भएको छ। सभामुखजस्तो मान्छे कीर्ते कामको साक्षी बस्नु कहाँसम्म लज्जाजनक हो ? कहाँसम्मको हविगत ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया