नेपालमा कोरोना : थप ४२१ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६३७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ४८ हजार ५०२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?