शेयर बजारका बादशाह वारेन बफेट : यी ७ तरीकाले कमाउँछन् पैसा

लोकपथ
0
Shares

काठमाडौं – शेयर बजारका राजा वारेन बफेटलाई नचिन्ने त सायदै होलान् । तर के तपाईलाइ थाहा छ बफेटले कसरी पैसा कमाउँछन् ?  त्यसैले आज हामी तपाईलाई उनका अन्तर्वार्ता र लेखहरुमा आधारित रहेर उनी कसरी पैसा कमाउँछन् भन्ने विषयमा जानकारी दिँदैछौँ ।

उनी भन्छन्, ‘तिमीले राति सुत्नुअघि कुनै पैसा कमाउने उपाय र बाटोहरु भेटेनौ भने तिमी मृत्युअघिसम्म काम गरिरहनुपर्छ ।’

१. योजना पहिले / बिना योजना लगानी शुरू नगर्नुहोस् :
धेरै सफल मानिसहरुले यहि भन्ने गरेका छन् – ‘शो योर प्लान फस्र्ट’ । अर्थात् कुनैपनि कुरामा लगानी गर्दा, यो महत्वपूर्ण छ कि तपाईसँग केहि योजना होस्, किनकी लक्ष्य बिना लगानी अक्सर लाभदायक हुँदैन। बरु योजना बनाउँदा समय हेरेर बनाउनुहोला । समयावधि निक्यौर्एल गर्नुहोस् जसमा लङ टर्म, सर्ट टर्म, मिड वा शुरुवाति चरण ५ वर्षे योजना १० वर्षे र २० वर्षिय योजना । सावधानीपूर्वक गरीएको लगानी पछि परिणामहरुको लागि धैर्यतापूर्वक प्रतीक्षा गर्नुपर्छ।

२. विविधताबारे ज्ञान राख्नुहोस् :
मानिसलाई आफूले गर्न लागेको कामबाहेक अन्य विविध कुरापनि थाहा हुनुपर्छ । बफेट भन्छन्, आफ्नो सबै अन्दाजहरु एउटै टोकरीमा राख्नु हुँदैन। यो सूत्र लगानीमा पनि लागू हुनुपर्छ। तपाईंले लगानी गर्नुभएको सबै पैसा विभाजन गर्नुपर्छ। यो भएन भने यो अर्थात् सिफ्टको बारेमा तपाईलाई थाहा हुनुपर्छ । एउटा मात्र कम्पनीको सेयरमा सबै पैसा खर्च नगर्नुहोस् बरु आफूसँग भएको पैसा थोरै थोरै गरी राम्रो कम्पनीहरुमा लगाउनुहोस्

३. लगानीको भ्याल्यू हेर्नुहोस्, मूल्य होइन : 
वारेन बफेटले भनेका छन् कुनैपनि कुराको मूल्यको पछि नदगुर्नुहोस् । प्रतिष्ठाको निर्माण गर्न वर्षौवर्ष लाग्छ र यसलाई बर्बाद गर्न ५ मिनेट । त्यसैले जब तपाईं लगानी गर्नुहुन्छ, यो सूत्रबाट कम्पनीहरू चयन गर्नुहोस्। कुनैपनि कुराको मूल्य त्यसको भ्याल्यूमा नै हुने गर्दछ ।

४. आयको स्रोत एउटा मात्र नराख्नुहोस् :
आफ्नो आयको स्रोत एउटा मात्रै हुँदा तपाईको पूरा निर्भरता त्यसमा मात्रै हुन्छ । त्यसो नगर्नुहोस्, चाहे त्यो तपाईको नोकरी नै किन नहोस् । आयको स्रोतहरू धेरैतिर सिर्जना गर्नुहोस्। यसको लागि लगानी गर्नुहोस्, समय छुट्याउनुहोस् । यसैले केही अतिरिक्त आय बनाउँछ र मूल आयलाई सुरक्षित गरी अन्यत्र लगानी गराउन सक्नुहुन्छ । यदि तपाईअनावश्यक चीजहरू किन्नुहुन्छ भने तपाईको सामून्ने चाँडै एक स्थितिमा खडा हुनेछ जहाँ तपाईलाई तपाईका अति आवश्यक चीजहरू खरिद गर्न सोच्नुपर्नेछ। चिन्ता लिनुपर्नेछ । यस्तो अवस्थाले त कसरी अघि बढ्ने भन्नुहोस् त रु त्यसैले आयको स्रोत एउटा मात्रै राख्नैहुँदैन ।

५. नियम नभूल्नुहोस् :

कुनैपनि देशको समाजले मानिसहरुको लागि बनाएको नियम भुल्यौ भने तिमी विजनेस गर्ने त त्यसको लागि दिमाग समेत लगाउन पाउँदैनौ । जे गछौ कानूनसम्वत गर । कामूनले दिनेजति गर । नियमको परिधीभित्रै रहेर गर ।

६. ‘समय’ मा लगानी गर्नुहोस् :
शेयर मार्केटका राजा बफेटको भनाईअनुसार, पैसा कमाउने उद्येश्य बोकेका मानिसले ‘समय’ मा लगानी गर्छन् । जब कि नबुज्ने व्यक्तिहरू पैसामा लगानी गर्छन्। उनको अनुसार समय बहुमूल्य हुन्छ, कस्तो कामलाई कती समय दिने यही व्यवस्थापनले व्यक्तिलाई अगाडि बढाउँछ। उनको अनुसार प्रत्येक व्यक्तिले २४ घण्टा पाउँदछ । समयको सही प्रयोगलाई सही लगानी भनिन्छ।

७. सबै अफवाहको पछि नकुद्नुहोस् :

बफेटले भनेका छन् ‘मस्ट न्यूज ईज नट न्यूज’  । हो, सबै अफवह वा समाजिक सञ्जालमा आएका लेखिएका भनेका सुनेका वा सुनाइएका कुराहरु समाचार होईनन् तसर्थ ध्यान दिएर आफ्नो काममा लाग्नुहोस् ।  परिश्रम गर्नुहोस् । बजारको माग /अवस्था हेर्नुहोस् । एकान्तमा बसेर मन्थन गर्नुहोस् । चासो राख्नुहोस् । नाफालाई फेरि लगानी गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?