१७ चैत्र २०७९, शुक्रवार

बाघको आक्रमणबाट महिलाको मृत्यु

२०७४,आश्विन,१६,सोमवार ०६:२३

0
Shares

रत्ननगर, चितवन, १६ असोज ।पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ईश्वरी पाठकले बताए ।उनका अनुसार बिहान आठ, नौजना साथी मिलेर निउरो टिप्न जंगलमा गएकामा एकजनालाई बाघले आक्रमण गरेपछि अरुले भागेर ज्यान जोगाएका थिए । सो घटनापछि सम्पर्कविहीन भएका दुई महिला केहीबेरअघि सम्पर्कमा आएको अध्यक्ष पाठकले जानकारी दिए ।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी आएपछि अहिले हात्तीसहितको नेपाली सेना र निकुञ्जको टोली घटनास्थलमा पठाइएको जानकारी दिए ।निकुञ्जले जंगलमा निउरो टिप्दा मानवीय जोखिम हुने भएकाले मध्यवर्ती क्षेत्रमा समेत नजान भने पनि स्थानीय समुदायको जीविकोपार्जनका लागि निउरो टिप्न जाने क्रम रोकिएको छैन ।उक्त निकुञ्जका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८