चुकन्दरको अचुक फाइदा जानीराखौँ : रगत कमी हुँदादेखि छालाको चमकसम्म

लोकपथ
0
Shares

काठमाडौं – धेरैको भान्सामा चुकन्दरलाई सलादको रुपमा मात्रै प्रयोग गरिन्छ । तर के तपाईलाई बहुगुणी चुकन्दरको पातको फाइदाबारे थाहा छ ?  हो, चुकन्दरको फल मात्रै होईन यसको पातहरु पनि एकदम गुणवान हुन्छ । महिलामा देखापर्ने रक्तअल्पनाको समस्या होस् वा अरु पोषक तत्वको कमी ।

यस्ता समस्यामा चुकन्दरको प्रयोग बरदान सावित हुन्छ ।

बुझ्ने भाषामा भन्नुपर्दा चुकन्दरको प्रयोगले शरीरमा हुने रगतको कमिलाई पूरा गर्छ । चुकन्दरको पातले पनि रगत कमि हुने व्यक्तिलाई रगत पुरा गर्नमा सहयोग गर्छ । यसमा पनि आइरन नामक तत्वको मात्रा धेरै हुन्छ ।

एक गिलास स्याउको जुसमा एक गिलास चुकन्दरको रस मिसाई त्यसमा एक चम्चा मह राखेर घोलेर दैनिक यो जुस पिउँदा एनिमियाको समस्या हट्ने चिकित्सकले बताएका छन् ।

यसले रगतको कणलाई बढाउन सहयोग गर्छ ।

डायबिटीज रोगको लागि पनि चुकन्दर एकदम फलदायी छ ।

शारीरिक तन्दुरुस्ती पनि बढाउँछ ।

चुकन्दरको पातमा अत्याधिक मात्रामा क्याल्सियम पाईन्छ । चुकन्दरको १०० ग्राम पातमा ९९ मिलीग्राम क्यालसियम पाईन्छ ।

यसले शरीरको विकास र हड्डिको विकासमा एकदम फलदायी छ ।

धेरै पहिले यौन स्वास्थ्यको लागि पुरुषहरु चुकन्दरको सेवन गर्थे । चुकन्दरमा नाइट्रिक अक्साइड एकदम ज्यादा मात्रामा हुन्छ जसले रगत वाहिनियोको विस्तार हुन्छ यसले अंगहरुमा रगतको रफ्तारलाई बढाउनमा सहयोग गर्छ ।

चुकन्दरको जुस सेवन गर्नाले व्यक्तिको स्टामिना १६ प्रतिशतले बढ्छ । शरीरमा अक्सिजन बढ्नाले दिमाग पनि सहि तरिकाले आफ्नो काम गर्न सफल हुन्छ ।

यसको नियमित प्रयोगले तपाईको छालाको सौन्दर्यमा पनि निखार ल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?