मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु

पेरिस । अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए ।

सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ भएयता ५० जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सेली सैनिक मुख्यालयले जनाएको छ ।

उक्त घटनामा अर्का एक सैनिक घाइते भएका छन् । मालीमा जारी जिहादी आक्रमणलाई निस्तेज बनाउन फ्रान्सेली सेना मालीमा तैनाथ गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सैनिकको मृत्यु भएकामा दुःख प्रकट गरे ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?