पेरिसडाँडामा बस्यो प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिस डाँडामा बसेको छ ।

संसद विघटनविरुद्ध थप रणनीति तयार गर्न आइतवार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । स्रोतले दिएको जानकारी अनुसार केहीबेर अघि शुरु भएको बैठक जारी रहेको छ ।

पार्टी विभाजनपछि प्रचण्ड(नेपाल समूहको स्थायी कमिटी बैठक गत पुस ९ गते बसेको थियो ।

उक्त बैठकले पुस १५ गते देशभर विरोध प्रदर्शन गरेको थियो । त्यस्तै शनिवार बसेको उक्त समूहको बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको समेत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?