बुटवल । युवा संघका पूर्वउपाध्यक्ष राजु गुरूङले केपी ओली पक्षका महासचिव विष्णु पौडेलविरुद्ध आफू चुनाव लड्ने भन्दै उनलाई हराएर देखाइदिने दाबी गरेका छन् । यसअघि बुटवलबाट चुनाव जितेका पौडेललाई अब रुपन्देहीमा आएर आफूसँग चुनाव लडेर जित्न समेत चुनौति दिए ।
नेकपा प्रचण्ड–नेपाल समूहका युवा नेता गुरूङले आज बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हिजो कसलाई कसले र कसरी चुनाव जितायो सबैलाई थाहा छ, हामी चुनावमा जान डराएका छैनौँ, हामीलाई चुनावमा जान डराए भन्ने महासचिव बिष्णु पौडेल चुवानमा आए म नै लडेर देखादिन्छु । आउनूस् मसँग चुनाव लडेर देखाउनुस्, हिम्मत छ ?’
उनले संसद् पुनःस्थापना गरेर देश र संविधान बचाउनुपर्ने पनि बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया