कांग्रेस नेता डा शेखर कोइरालालाई शोक, दाई निरञ्जन कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको दाई निरञ्जन कोइराला (निरु) को निधन भएको छ ।

कोरोना संक्रमण देखिएका कोइरालाको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा विगत उपचारको क्रममा निधन भएको हो ।

विगत १ महिनादेखि उपचाररत उनको आज बिहान ११ बजे निधन भएको हो । उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश पञ्चायती व्यवस्था विरुद्धको प्रजातान्त्रीक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।

स्वर्गीय कोइराला पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी रहेको बताउँदै पौडेलले उनको निधनले पार्टीमा ठुलो क्षती पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?