वर्ष २०२० का चर्चित १० व्यक्ति (भिडियो रिपोर्ट)

लोकपथ
0
Shares

काठमाडौँ– वर्ष २०२० को बिदाई गर्दै हामी २०२१ मा आइपुगेका छौं। यतिवेला वर्ष २०२० मा भएका विभिन्न गतिविधिहरुको समीक्षा भइरहेको छ । यो रिपोर्टमा हामीले सन् २०२० मा सर्वाधिक चर्चामा आएका र लोकप्रिय सर्च इन्जिन गूगलमा सर्वाधिक खोजिएका १० व्यक्तिहरुका विषयमा चर्चा गर्दैछौं ।

१. जो बाइडेन

संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति बनेका जो बाइडेन अमेरिकी निर्वाचन र त्यसको परिणामका कारण निक्कै चर्चामा रहे । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै उनी विश्वकै शक्तिशाली राष्ट्रपति बनेका हुन् । आफ्नो राजनीतिक करियरमा बाइडेन आफैलाई कठिन अवस्थामा धकेल्ने व्यक्तिका रुपमा चिनिन्छन् । एक पटकको उनको गल्तीका कारण सन् १९८७ को राष्ट्रपति पदको चुनाव हरेका थिए । तर २०२० को चुनावमा उनले कुनै गल्ती गरेनन् । उनले आफूलाई अभियानमा चाहिने भन्दा बढी मिडियामा देखाउन चाहेनन् ।

२. किम जोंग उन

अप्रिल २१, २०२० मा उत्तर कोरियाली तानशाह किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको खबर आयो । एक रिपोर्टका अनुसार उनलाई कार्डियोभास्कलरको समस्या थियो । त्यसकै उपचारमा रहेको किमको सर्जरी पछि झनै उनको अवस्था गम्भीर रहेको बताइएको थियो । तर पछि उनको मृत्यु भएको खबर चारैतिर भाइरल बनेको थियो ।

जसले सबैको ध्यान उनी तिर तान्यो । त्यस समय उनी लगभग २० दिनसम्म अचनक गायब भएका थिए । पछि उनी अचानक २ मे मा एक सार्वजनिक कार्यक्रममा देखा परेका थिए । जसले उनको मृत्यु भएको भन्ने कुरा झुटो सावित गर्यो । यसका साथै उनका विभिन्न गतिविधिले विश्व समूदायको ध्यान खिच्यो ।

३. बोरिस जोन्सन

वर्ष २०२० मा सर्वाधिक चर्चामा आएका अर्का व्यक्ति हुन्, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन । लोकप्रिय सर्च इन्जिन गुगलमा अप्रिल ५ देखि ११ सम्म उनको अत्याधिक खोजी भएको छ । जुन बेला उनी विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसले संक्रमित बनेका थिए । उनले लण्डनस्थित सेन्ट टम्स अस्पतालमा करिव एक महिना लामो उपचार र आराप गराएका थिए । यसका साथै कोरोना भाइरस नियन्त्रणका लागि उनले चालेको कदमका कारण पनि उनी चर्चित बने । डेढ वर्ष अघि बेलायतको प्रधानमन्त्रीमा विजयी हुँदा पनि उनको चर्चा उत्तिकै थियो । उनले प्रतिद्वन्द्वीसमेत रहेका बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई झन्डै आधा मतान्तरले पराजित गरेका थिए ।

प्रधानमन्त्री जोन्सन यसै वर्ष पाँचौ सन्तानका बाबु बने । उनकी प्रेमिका क्यारी सिमन्ड्सले शिशुलाई जन्म दिएसँगै उनी पाँचौ सन्तानका बाबु बनेका हुन्। यो विषयले पनि उनलाई चर्चामा ल्यायो । क्यारी र जोन्सनबाट सन्तान जन्मिए पनि दुवै औपचारिक विवाह भने भएको छैन। सन् २०२० फेब्रुअरीमा उनीहरूले विवाह गर्ने घोषणा मात्र गरेका थिए। कन्जरभेटिभ पार्टीका सांसद रहेका ५५ वर्षीय जोन्सन बेलायतका पूर्व विदेशमन्त्री र लन्डनका पूर्वमेयर हुन् । उनका समर्थकमाझ जोन्सन कडा स्वभाव, रणनीतिक कार्यशैली र विवादित वक्तव्यहरुले चर्चामा रहन्छन् । उनलाई कट्टर ब्रेक्जिटर पनि भनिन्छ । जोन्सनले पत्रकारीताबाट आफ्नो करियर सुरु गरेका थिए ।

४. कमला ह्यारिस्

वर्ष २०२० का अर्का चर्चित पात्र हुन् अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस । उनी अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी हुन् । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए। कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली अमेरिकी महिला हुन् ।

अमेरिकी सिनेटर रहेकी ५५ वर्षीय कमला क्यालिफोर्नियाको पूर्व महान्यायाधिवक्ता समेत हुन् । उनका आमा बुबा आप्रवासीको रुपमा अमेरिका गएका थिए । गत अगष्ट ९ दखि १५, अक्टुवर ४ देखि १० र नोभेम्वर ८ देखि १४ को अवधिमा उनको अत्याधिक खोजी भएको पाइएको छ।

५. टम ह्यान्क्स

हलिउड नायक टम ह्यान्क्स र उनको श्रीमती रिटा विल्सन पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका थिए् । अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स दम्पत्ती कोरोना संक्रमित भएपछि विश्वभर तहल्का मच्चिएको थियो । अष्टेलियामा करिब २ हप्ता लामो क्वारेन्टाइन बसाइपछि अभिनेता ह्यान्क्स दम्पत्ती अमेरिका फर्किएका थिए ।

अभिनेता ह्यान्क्सले वर्ष २०२० मा ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’द्धारा सम्मानित भएका थिए । अमेरिकाको गोल्डेन ग्लोब्समा सम्पन्न कार्यक्रममा टमको ३० वर्षे लामो सिनेमा यात्राका लागि लाईफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरिएको हो । ६३ वर्षे टमलाई सेसिल बि. डिमिल अवार्डले सम्मानित गरिएको थियो । यो अवार्ड वार्षिकरुपमा लामो समय सिनेमामा प्रभावशाली योगदान दिने सिनेकर्मीलाई प्रदान गर्ने गरिन्छ । टम यस संस्करणको गोल्डेन ग्लोब्स अवार्डमा ‘अ ब्यूटिफूल डे इन द नेभरहुड’ सिनेमाबाट सह–अभिनयका लागि प्रतिष्पर्धीसमेत थिए ।

६. ज्याकोव ब्लेक

सयुक्त राज्य अमेरिकाको केनोशा राज्यमा गोरा प्रहरी अधिकृतले ज्याकोब ब्लेक नाम गरेका २९ वर्षीय व्यक्तिलाई बच्चाबच्चीकै अगाडि ७ राउण्ड गोली फायर गरेका थिए । गाडीमा बच्चाका साथ कतै गइरहेको उनलाई बच्चाकै अगाडि प्रहरीले फायर गरेको हो । सो घटनाको भिडियो भाइरल भएपछि त्यहाँ स्थानीयहरूले विरोध प्रदर्शन गर्न गरेका थिए ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको थियो । त्यसपछि स्थानीय बन्दुकसहित प्रदर्शनमा उत्रिएका थिए ।

विसकोनसिनका गभर्नर टोनी एभर्सले प्रहरीले अत्याधिक बल प्रयोग गरेको स्वीकारेका थिए भने, अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । यसअघि अमेरिकामै जर्ज फ्लोयडको ज्यान लिएको भन्दै प्रहरीमाथि अभियोग लागेको थियो ।

७. कान्ये वेस्ट

अमेरिकाका र्यापर कान्ये वेष्टले राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिने भनेर घोषणा गरेपछि यो विषय लामो समयसम्म भाइरल बन्यो । वेष्टले अमेरिकको स्वतन्त्रता दिवसको अवसरमा ट्वीट गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले ट्विटरमा लेखेका थिए्, ‘भगवानमाथि विश्वास राख्दै अब अमेरिकाको त्यो विश्वासलाई बुझ्नुपर्छ, एक भिजनसहित देशको भविष्यबारे सोच्नुपर्छ। म अमेरिकाको राष्ट्रपति चुनाव लड्ने तयारीमा छु।’

उनको यो ट्विट सामाजिक संजालमा टेण्डिङ बनेको थियो । यसअघि निर्वाचनमा उनी ट्रम्पका समर्थक थिए । वेस्ट र उनकी पत्नी चर्चित सेलिब्रेटी किम कार्दसियनले यसअघि नै ह्वाइटहाउसमा पुगेर ट्रम्पलाई भेट गरेका थिए।४३ बर्षिय वेस्टले राष्ट्रपति बन्ने इच्छा पहिले नै व्यक्त गरेका थिए तर त्यतिबेला उनले सन् २०२४ मा चुनाव लड्ने घोषणा गरेका थिए ।
८. घिसलाइन क्याक्सवेल

यौन दुराचारमा पक्राउ परी आत्महत्या गरेका जेफ्रि एपिस्टाइनको लामो समयदेखिको सहयोगी र गर्लफ्रन्ड समेत रहेकी घिसलाइन क्याक्सवेललाई वर्ष २०२० मा प्रहरीले पक्राउ गर्याे । १४ वर्ष भन्दा कम उमेरकी केटीहरुलाई एपिस्टाइनका यौन पेशामा भर्ती गर्ने र यौन दुरव्यवहार गराइरहेको आरोपमा उनलाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको थियो।

उनलाई संघीय खुफिया एजेन्टको मद्दतले समातिएको थियो । सन् १९९४ देखि १९९७ सम्म उनले जेफ्रि एपिस्डाइनका लागि कम उमेरका केटीहरु ल्याउने र यौन पेशामा संलग्न गराउन र दुव्र्यवहार गर्ने विषयलाई प्रहरीले जनाएको छ । एपिस्टाइनलाई समातिएको एक वर्षपछि म्याक्सवेललाई प्रहरीले समातेको हो । संघीय वकिलहरूले अदालतको कागजातमा उनी प्रलोभनमा फसेको र नाबालिग पीडितहरुलाई बिभिन्न राज्यहरुबाट एपस्टाइनको घरसम्म पु¥याएको र म्याक्सवेलले उनीहरुलाई यौन दुर्व्यवहार गर्ने कार्यमा सहयोग पु¥याएको बताएको छ । जेलमा रहेकी म्याक्सवेलको २८ दशमलव ५ मिलियनको धरौति अदालतले अस्वीकार गरेको छ ।

९. अगस्त अल्सिना

वर्ष २०२० मा चर्चामा रहेका अर्का पात्र हुन्, अमेरिकी गायक तथा लेखक अगस्त अल्सिना । उनले यो वर्ष स्टेट अफ इमरजेन्सी एल्वम सार्वजनिक गरेका थिए । सोही क्रममा उनले विल स्मिथकी श्रीमती जाडासँग रोमान्टिक सम्वन्धमा रहेको र त्यसका लागि विल स्मिथसँग स्वीकृत लिएको बताएका थिए । तर, जाडाले भने यो अल्सिनाको यो दावी सत्य नभएको बताएकी थिइन् । तर, उनले यसअघि नै आपूm साडे ४ वर्षदेखि अल्सिनासँग रोमान्टिक सम्वन्धमा रहेको खुलासा गरेकी थिइन् । यो विषय उनका फ्यानहरुकाबीच ठूलो वहस सिर्जना भएको थियो ।

१०. रायन न्यूम्यान

यो वर्ष सर्वाधिक चर्चामा रहेका अर्का व्यक्ति हुन् रकेट म्यान अर्थात् रायन जोसेफ न्यूम्यान । अमेरिकी प्रोफेशनल कार रेसिङ ड्राइभर उनी गत फेब्रुअरी १७ मा दुर्घटनामा परेका थिए । एक प्रतिस्पर्धामा रहेका उनको गाडी दुर्घटना भएसँगै उनी घाइते भएका थिए । यो दुर्घटना भएको तीन सातापछि फिनिक्स दौडमा सहभागि भए ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?