प्रधानमन्त्रीको कटाक्ष: ढाडे बिरालोको म्याउँदेखि गफै त हो नि सम्धीसम्म (भिडियो)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको मात्रै भएको बताएका हुन् । प्रचण्ड–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताए  ।

प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाईलाई फुटाएर विभिन्न तत्वहरुसँग भित्रि साँठगाँठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने प्रयास गरिएको समेत बताए । दुई तिहाईको सरकार ढाल्ने, पार्टीको एकता भताभुङ्ग पार्ने र विभिन्न रंगीविरंगी तत्वहरु जोडेर सरकार बनाउने र हर्स ट्रेडिङको खेल सुरु गर्ने र सँधै अस्थिरता गर्ने प्रयासमा प्रचण्ड–माधव पक्ष लागेको बताए । देशमा जनताको इच्छा अनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएको हुनाले संसद विघटन गरिएको पनि बताए । प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेसन अगाडि सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरिदिएको र तीन वर्ष देखिका विधेयक समितिमा अडकाउने काम गरेको समेत बताए ।

सरकारलाई असफल देखाउन तीन वर्ष देखिका विधेयकलाई समितिमा रोकेर राखिएको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनरस्थापना गर्न सम्भव नभएको पनि बताए । ६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन्न भनेपछि ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधि सभा पुनरस्थापना हुनै नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?