भोजपुरमा ७७ वर्षीया महिलामाथि जबरजस्ती करणी

काठमाडौं । भोजपुरमा ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी
गाउँपालिका-५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मंसिर ३ गते ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?