३ लाख ३९ हजार नगदसहित तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँ बस्ने खुमान सिंह वलीको घरमा तास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय ज्ञान बहादुर डागी लगायत १५ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?