ललितपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ

काठमाडौं । ललितपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जनालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रवार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती
करणी गरे पछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?