नक्कली पीसीआर रिपोर्टसहित दुबई जान लागेका ७ जना प्रहरीको फन्दामा

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत सात जना रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?