प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतवार) चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छन् । चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।

दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । घरेलु टिम चेल्सी सिटीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । चेल्सी २६ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

सिटी पनि चेल्सीलाई हराएर शीर्ष पाँच भित्र उक्लन चाहन्छ । सिटी २६ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?