काठमाडौं । सीएनएनको एक रिपोर्टका अनुसार जापानको राजधानीमा कोरोना संक्रमण झनै बढी गम्भीर बन्दै गएको बताइएको छ ।
हेल्थ मिनिस्ट्रीले शनिवार राती ब्रीफिङमा टोकियोमा कोरोना संक्रमण झनै तीव्र गतिले बढ्दै गएको बताएको हो । त्यहाँको अस्पतालमा ७१६ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।
जाडोमा अवस्था झनै खराब हुन सक्ने भन्दै हेल्थ इमर्जेन्सी लगाउन लागिएको हो ।
शनिवार त्यहाँ ५४ जनाको मृत्यु भएको थियो । टोकियोका गभर्नरले शहरमा इमर्जेन्सी लगाउन माग गरेका छन् ।
गर्भनर यूरिको कोइकीले संक्रमण तीव्र गतिले फैलिरहेको र यसलाई रोक्नको लागि यो उपाय नै राम्रो हुने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया