६ वर्षीया बालिकामाथि बलात्कार प्रयास

काठमाडौं । ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास भएको हो ।

५९ वर्षीय छिमेकीले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले लोकपथलाई जानकारी दियो । पुरुषले फकाइ फुलाई पारी बलात्कार प्रयास गरेपछि स्वयम बालिकाले र परिवारले प्रहरीलाई उजुरी दिएका थिए । उजुरी पछि प्रहरीले आरोपी पुरुषलाई पक्राउ गरिसकेको छ ।

आरोपीलाई ‘जबर्जस्ती करणी उद्योग’ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?