फिनल्याण्डका पाँच जनामा फाइजरको भ्याक्सिन लगाएपछि देखियो गम्भीर साइड इफेक्ट

काठमाडौं । अमेरिकी कम्पनी फाइजरको कोरोनाविरुद्धको भ्याक्सिनको प्रयोगपछि पाँच जनामा गम्भीर साइड इफेक्ट परेको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले यो जानकारी दिएको हो ।

दुई दिन पहिला मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना उपचारका लागि फाइजरको भ्याक्सिन प्रयोगको अनुमति दिएको थियो ।

फिनल्याण्डका चीफ फिजिशियन मैया कौकोनेले पाँच जनामा यो भ्याक्सिनको प्रयोगपछि साइड इफेक्ट देखिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?