काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा एकाबिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।
बिहान करिब ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पेस्तोल देखाएर लुटपाट गर्न खोजिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अन्दाजी ३० वर्षका युवराज आले मगरलाई पेस्तोल देखाएर लुट्न खोजेको थियो । घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव परीक्षक विष्टले बताए ।
मगरसँग पेस्तोलधारीले मोबाइल मागेका थिए तर उनले मोबाइल दिन नमान्दा पेस्तोल बाटोमा झरेको थियो । त्यसपछि पेस्तोल धारीले पस्तोल बाटोमै छोडेर भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया