१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कमला नगरपालिका-८हरिणे बस्ने १९ वर्षीय विजय कुमार दास र सोही ठाउँ बस्ने २२ वर्षीय सदाम हुसेनलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित खेतमा उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्तभएपछि प्रहरी चौकी चोराकोयलपुर र ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?