अनिश्चितकालीन कफ्र्यु आदेश

बर्दिया, १६ असोज ।जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नु परेको थियो ।झडपमा पाँचजना सामान्य घाइते भएका थिए । सो घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कफ्र्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।उनका अनुसार स्थिति साम्य नभएसम्म कफ्र्यु आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि प्रजिअ भट्टराईले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?