काठमाडौं । जितसँगै आरबी लाइपजिग जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति भएको खेलमा भीएफबी स्टटगार्टलाई १-० गोल अन्तरले पराजित गर्दै लाइपजिग शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको ६७ औं मिनेटमा लाइपजिगका लागि डानिल ओल्मोले निर्णायक गोल गरे । जितसँगै लाइपजिग बायर्न म्युनिखलाई १ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो ।
लाइपजिगले १४ खेलमा ३१ अंक जोडेको छ । बायर्नको १३ खेलमा ३० अंक रहेको छ ।
१८ अंक जोडेको स्टटगार्ट ११ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया