आर्सनलको शानदार जित

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ब्रोमलाई पराजित गरेको छ । शनिवार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले पराजित गरेको हो ।

डिफेन्डर किरेन टिएर्नीले एकल रुपमा बल अघि बढाउँदै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमै बुकायो साकाले लण्डन क्लबको अग्रता दोब्बर बनाए ।

W Brom 0 - 4 Arsenal - Match Report & Highlights

अलेक्जेन्ड्रे लाकाजेट्टीले दोस्रो हाफमा लगातार दुई गोल गर्दै आर्सनलको अग्रतालाई बढाए । लाकाजेट्टीले चार मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनललाई शानदार जित दिलाएका हुन् ।

Arsenal Player Ratings vs West Brom: Baggies Demolished

लण्डन क्लब २३ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?