ओली-दाहाल मिलाउन चिनियाँ टोली काठमाडौंमा सक्रिय रहेको भारतीय पत्रिकाको दाबी

एजेन्सी । भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले नेकपाभित्रको विवाद मिलाउन चिनले सक्रियता बढाएको दाबी गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्न तीन सदस्यीय टोलीलाई काठमाडौंमै गुप्त रुपमा राखेको सो पत्रिकाको दाबी छ ।

नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रि गुओ येझ्होउको नेतृत्वमा आएको चार सदस्यीय टोलीका तीन जना अझै काठमाडौंमा सक्रिय रहेको समाचारमा जनाइएको छ ।

‘अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएर चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ ।’ उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?