विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ मा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। झापाको काँकडभिट्टाबाट यात्रु लिएर सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्कीको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार दमक–४ का २७ वर्षीय उत्तम कटुवाल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्।
बस र बस चलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया