पिएम कप महिला क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

दाङ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। दाङको लमही क्रिकेट मैदानमा उपाधि भिडन्त आज आइतबार बिहान साढे ११ बजेदेखि सुरु हुने छ।

सेमीफाइनलमा प्रदेश १ ले लुम्बिनीलाई १० विकेटले र एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै उपाधि फाइनलको भेट पक्का गरेका हुन् । अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै एपिएफ च्याम्पिएन भएको थियो।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ। विधागततर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट)ले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?