प्रदेश नं १ मा थप ३१ जना सङ्क्रमित, ९५ जना निको

RSS
0
Shares

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२८ जनाको पिसिआर परीक्षण गर्दा आठ महिला र २३ पुरुष गरी कूल ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसरी पुष्टि हुनेमा मोरङका १६ मध्ये विराटनगरका १०, सुनसरीका आठ, झापाका छ र प्रदेश बाहिरका एक छन् । योसँगै प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ८४३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९५ पुगेका छन् । उनीहरु होमआइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २८ हजार ५२५ पुगेको छ ।

प्रदेशमा हालसम्म दुई लाख नौ हजार २३९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?