काठमाडौँ– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५७औँ साधारणसभामा आज उनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताएका हुन् ।
“राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र ओरालो लाग्छ”, श्रेष्ठले भने। उनले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतीकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अर्थतन्त्रमा कृषि, उद्योगलगायत क्षेत्रको योगदान घट्दै गएकामा चिन्ता प्रकट गरे ।
हरेक देशको विकास र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले भने, “लगानीका क्षेत्रमा ६० प्रतिशत निजी क्षेत्रको योगदान छ, यस्तै राजश्वमा ८० प्रतिशत निजी क्षेत्रले ओगट्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया