‘प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने ओली प्रधानमन्त्री रहन योग्य छैनन्’

काठमाडौँ–  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा रहिरहन योग्य नभएको बताएका छन् । उनले शनिवार राति ट्विट गर्दै यस्तो जनाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीमा तानाशाह प्रवृत्ति देखिएको समेत उल्लेख गरेका छन् । ‘प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के. पी. ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।’ उनले लेखेका छन्।

प्रधानमन्त्री ओलीले आज आफू पक्षीय नेता कार्यकर्ताहरूलाई सम्वोधन गर्दै संसद पुनर्स्थापना नहुने बताएका थिए । सोही प्रसङ्गमा ओलीले घरमूली छानो फेर्ने भनेपछि छिमेकीले विरोध गरेर केही नहुने टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?