पाकिस्तानले अत्याधुनिक लडाकु विमान बनाउँदै

काठमाडौँ– पाकिस्तानले अत्याधुनिक लडाकु विमान जेएफ–१७ को ब्लक थ्री तयारी सुरु गरेको छ । त्यस्तै, चीनको सहयोगबाट बनेको जेएफ १७ बी विमान पनि पाकिस्तान वायु सेनालाई हस्तान्तरण गरिएको छ ।

यी विमानहरुलाई पाकिस्तान एयरोनोटिकल कम्प्लेक्स (पिएसी) ले तयार गरेको हो । डबल सिटर जेएफ १७ बी विमान पाकिस्तानको वायुसेनामा समावेश गर्ने र जेएफ १७ ब्लक थ्रीको उत्पादन सुरु गर्ने घोषणाका लागि बुधबार कामरा एयरवेसमा एक समारोह आयोजना गरियो ।

पाकिस्तान वायु सेनाका प्रवक्ता अहमर रजाले बीबीसीलाई बताएअनुसार पाकिस्तान वायु सेनाअन्तर्गतमा आउने नयाँ जेएफ १७ बी मोडल विमानमा दुई सिट छ । यसको धेरैजसो प्रयोग प्रशिक्षणका लागि गरिनेछ । यद्यपी, यसको क्षमता पहिल्यैदेखि विद्यमान जेएफ १७ विमानहरुजस्तै छ । ‘नयाँ विमानहरुमा मिसाइल र रडार पनि पुराना विमानहरुकै जस्तो छ । नयाँ मोडकलमा केवल एक सिट जोडिएको छ । ताकि, दोस्रो पाइलट पनि बस्न सकुन् र हामीले यी विमानहरुलाई प्रशिक्षणमा प्रयोग गर्न सकौं’ उनले भने ।

यी विमानहरु आएपछि सैन्य शक्ति बढ्ने पाकिस्तान वायु सेनाले जनाएको छ । किनकी, यी विमानहरु प्रशिक्षणका आवश्यकता पुरा गर्नका साथै सबै प्रकारका युद्ध अभियानमा पनि परिचालित हुन पूर्ण रुपमा सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?