क्रसर मेसिन अनलोड गर्दा स्काभेटर पल्टियो, चालकको मृत्यु

बैतडी – बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ । शनिवार दिउँसो २ बजेतिर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?