नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतक संख्या १८ सय ७०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको कारण ज्यान गएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ७० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै देशभर संक्रमित हुनेको कूल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार हालसम्म कोरोना संक्रमित भई निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ७५० जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?