२०७७, १८ पुष शनिवार १६:३४

नेपालमा कोरोना संक्रमण दर घट्दै, पछिल्लो २४ घण्टामा कति थपिए संक्रमित ?


प्रकाशित मिति : २०७७, १८ पुष शनिवार १६:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै देशभर संक्रमित हुनेको कूल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार हालसम्म कोरोना संक्रमित भई निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ७५० जना निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणमा मृत्यु हुनेको संख्या १८७० पुगेको छ । यीमध्ये पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस