२० मङ्सिर २०८०, बुधबार

डडेल्धुरामा पेट्रोलको कृत्रिम अभावका कारण सास्ती

२०७४,आश्विन,१६,सोमवार ०६:०२

0
Shares

डडेल्धुरा, १६ असोज ।करिब एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव भएको छ ।पेट्रोल अभावका कारण दशैँका लागि टीका लगाएर घर फर्किनेहरु र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ ।डडेल्धुरास्थित फुटकर व्यापारी र पेट्रोल पम्पबाट नै बोतल तथा ग्यालेनमा तेल बिक्री वितरण गरिरहे पनि पम्पमा भने तेल नभएको जानकारी वितरकहरुले गराएका छन् ।पेट्रोल अभावमा साना दशैँको समयमा बढी सञ्चालन हुने मोटरसाइकल तथा ट्याक्सी फाटफुटरूपमा चलेका छन् भने निजी सवारी साधनमा तराई पहाड जाने सर्वसाधारण दशैँको टीका थाप्नका लागि आफूखुसी जान नपाएको सर्वसाधारणको गुनासो छ ।पेट्रोल पम्पमा तेल नपाए पनि खुद्रा तथा साना पसलमा एक लिटरको रु १५० सम्ममा बिक्री भइरहेको स्थानीयबासी वरुण पनेरुले बताए ।दशैँको बिदा हुनुभन्दा पहिलेदेखि नै पेट्रोलको माग गरे पनि धनगढी स्थित नेपाल आयाल निगम क्षेत्रीय डिपोले इन्धन नदिँदा समस्या भएको स्थानीय पेट्रोल पम्प सञ्चालक तेजबहादुर साँकीले बताए । अब कार्यालय सञ्चालन भएपछि मात्रै पेट्रोलको माग गर्ने यहाँका पेट्रोल पम्पहरूलले जनाएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०६:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार