कारको ठक्करबाट बाघको मृत्युु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई आज बिहान ठक्कर दिदा मृत्युु भएको हो ।
कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बारा का प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

ठक्कर दिने कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघको शवलाई जिल्ला प्रहरी कार्यालय बारा बाट खटिएको टोलिले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?