प्रदेश नं १ मा थपिए ३७ जना कोरोना संक्रमित

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ । सोही अवधिमा प्रदेशमा ३०९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक, एक र प्रदेश बाहिरका दुई जना रहेका छन् ।

प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म दुई लाख आठ हजार ९११ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?