जसपा र नेकपा एकीकृत मार्क्सवादीले गरे पार्टी एकता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।

आज (शुक्रवार) दुवै पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा भएको हो ।

एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवि जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आएपनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए ।

जनता समाजवादी पार्टी, नेपालले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ संगठन तथा पार्टीलाई एकिकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?