भारतमा नयाँ प्रकारका ४ कोरोना संक्रमित फेला

काठमाडौं । भारतमा ४ जनामा नयाँ प्रकार (स्ट्रेन) को कोरोना संक्रमित फेला परेका छन् । यसका साथै भारतमा नयाँ कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।यो भाइरस पहिलेको तुलनामा ७० प्रतिशत धेरै संक्रामक छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ लाख ४९ हजार १८ जनाको मृत्यु भइसकेको छ भने १ करोड २ लाख ८६ हजार ७०९ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?