नक्कली कागजपत्र तयार गर्ने ६ जना पक्राउ

काठमाडौं । धनुषामा नक्कली कागजपत्र तयार गरेको अभियोगमा ६ जना पक्राउ परेकान छन् । नक्कली कागजपत्र तयार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा जनकपुर उपमहानगरपालिका-८ स्थित विभिन्न ठाउँबाट ६ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार घर भई हाल मोरङ बिराटनगर उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका-९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका-२ बस्ने ३४ वर्षीय कुनाल चौधरी, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय चन्दन प्रसाद साह, सोही उपमहानगरपालिका-२ बस्ने ५० वर्षीय राम चन्द्र साह र बिदेह नगरपालिका-३ बस्ने २३ वर्षीय चन्दिर राय रहेका छन् ।

जनकपुर उपमहानगरपालिका-८ स्थित होटल सिटीमा नक्कली कागजपत्र तयार गर्ने मानिस बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले होटेलको १०६ नम्बर कोठाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नक्कली छाप, प्रमाणपत्र तथा लोगो लगायत अन्य बिभिन्न कार्यालयको छाप सहित समिरलाई फेला पारी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत पक्राउ गरेको हो ।

उनीहरू उपर संगठित अपराध तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?