प्रिमियर लिग : म्यान्चेष्टर युनाईटेडलाई शीर्ष स्थानमा उक्लने मौका

काठमाडौं । नयाँ वर्षको पहिलो दिन प्रिमियर लिग फुटबलमा आज (शुक्रवार) म्यान्चेष्टर युनाईटेड र एस्टन भिल्ला भिड्दै छन् ।  म्यान्चेष्टर युनाईटेड र एस्टन भिल्लाबीचको खेल म्यान्चेष्टर युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुँदैछ ।

युनाईटेड भिल्लासँगको खेलमा जित हात पार्दै शीर्ष स्थानमा उक्लन चाहान्छ । युनाईटेड शीर्ष स्थानको लिभरपुल भन्दा तीन अंकले मात्र पछि छ ।

भिल्ला क्लबविरुद्ध मैदान उत्रदै गर्दा युनाईटेडले फरवार्ड ईडिन्सन काभानीलाई गुमाउनेछ । सामाजिक सञ्जालमा आपत्तीजनक शब्द प्रयोग गरेको भन्दै काभानी तीन खेलको प्रतिबन्धमा रहेका छन् ।

  • एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?