नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई पक्राउ

चितवन, १६ असोज ।रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका अर्का कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन् ।पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ ।असोज १ गते ढुंगानालाई उनीहरुसहित चार/पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिल छर्कनुका साथै छ बुँदे पम्प्लेट छरेर गएका थिए । अन्य व्यक्तिको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?