काठमाडौं । २०२० सकिसकेको छ । योसँगै २०२१ को शुरुवात भएको छ ।कोरोना कारण २०२० नराम्रो साबित भएपनि ति सबैलाई भुल्दै मानिसहरु २०२१ भने राम्रो होस् भन्ने चाहन्छन् ।
एक जनवरीबाटै किन नयाँ वर्ष शुरु हुन्छ त ? यसको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।
रोमन क्यालेन्डरका अनुसार जनवरी वर्षको पहिलो महिना हो । यो क्यालेन्डर रोमन सम्राट जूलियस सीजरले २ हजार वर्ष पहिला शुरु गरेका थिए । तर यसको श्रेय मात्रै उनलाई दिन नहुने कतिपयको तर्क छ ।
![]()
किनभने यो हजारौँ वर्ष पुरानो कहानी हो ।जनवरीको नाम रोमनका देवता जेनसको नामबाट राखिएको थियो । किनभने उनको दुईवटा मुख थिए । अगाडिको मुख शुरु र पछाडिको मुख अन्त्य मानिन्थ्यो ।
मार्च महिनाको नाम रोमनका देवता मार्सको नामबाट राखिएको थियो । किनभने मार्स युद्धका देवता मानिन्छ । त्यसैले नूमाले युद्धको स्थानमा शुरुवाती देवताको महिनाबाट नयाँ वर्षको शुरु गरिएको हो ।
सबैभन्दा पहिला ३१० दिनको एक वर्ष मान्ने गरिन्थ्यो । पृथ्वीले सूर्यको चक्कर लगाउन ३६५ दिन लाग्ने भएकोले जूलियसले ३६५ दिनको एक वर्ष बनाएका थिए ।
४५ ईशापूर्वको शुरुवात १ जनवरीबाट भएको थियो ।४४ ईशापूर्वमा जूलियसको हत्या भयो । उनकै सम्मानमा वर्षको सातौँ महिनाको नाम जुलाई राखियो । पहिला जुलाईको नाम क्विन्टिलिस थियो ।
रोमन राज्य फैलिएको स्थानमा नयाँ वर्ष एक् जनवरीबाट मनाउन थालियो । यो क्यालेन्डरको नाम जूलियन दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया