नेपालमा २ लाख ५३ हजार बढीले जिते कोरोना, कति छन् क्वारेन्टाइनमा ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ३७ हजार ७०२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?