१७ माघ २०७९, मंगलवार

विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग

२०७४,आश्विन,१६,सोमवार ०५:४०

9
Shares

रत्ननगर, चितवन, १६ असोज ।पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट रु एक लाख सहयोग प्राप्त भएको छ ।गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत रु एक लाख तीन हजार २५० सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।उक्त संस्थाका सदस्य चितवन निवासी हेमु अधिकारी र रुपेन बज्राचार्यको पहलमा रकम सहयोग भएको गजुरेलको भनाइ छ ।यसअघि उक्त संस्थामार्फत चेपाङ बालबालिका अध्ययनरत पूर्वी चितवनको अन्त्योदय स्कुलमा रु तीन लाखभन्दा बढी सहयोग गरिएको जनाइएको छ । विसं २०६७ मा गजुरेलले साढे ६ हजार जम्मा गरेर चितवनको खैरहनी उच्चमाविमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेका थए ।परिवारका सदस्यले प्रत्येक वार्षिकोत्सवका अवसरमा पैसा थप्दै जाने कार्यक्रम शुरु गरेर थालिएको अभियानमा अहिलेसम्म रु ६५ लाख जम्मा भइसकेको उहाँ बताउछन । कोषमा रु एक करोड बनाउने लक्ष्य रहेको छ । उक्त कोष सञ्चालनका लागि खैरहनी माविसँग सहकार्य भएको छ । “म एसएलसी नगरेको मान्छे, चाहना भए पनि पढ्न नपाउँदा कस्तो पीडा हुन्छ भन्ने मलाई थाहा छ, त्यसैले उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीलाई केन्द्रित भएर लागेको छु,” गजुरेलले भावुक हुँदै भने । कोषको ब्याजबाट उच्च शिक्षा पढ्ने जेहेन्दार र गरिब विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको छ । कोषबाट अहिलेसम्म ४०० विद्यार्थीले सहयोग पाएको उहाँको तथ्यांक छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०५:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भरतपुर । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले

धनकुटा । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

ताजा समाचार

दूधको मूल्य बढाउन माग
 २०७९,माघ,१७,मंगलवार ११:५४
एशियन हाइड्रोपावरको आईपीओ आउँदै
 २०७९,माघ,१७,मंगलवार ११:५२
गाउँमै स्वास्थ्य सेवाको पहुँच
 २०७९,माघ,१७,मंगलवार ११:३८
सूनको मूल्य पाँच सयले घट्यो
 २०७९,माघ,१७,मंगलवार ११:२२