६ वर्षीय बालकको निर्मम हत्या, गोठमा गाडिएको अवस्थामा भेटियो शव

काठमाडौं । धनुषामा बालकको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिदेह नगरपालिका-२ दुहबी बस्ने जिवन रायको छोरा ६ वर्षीय अभिन्दन रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव राय लगायत ५ जनालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घर अगाडी खेल्ने क्रममा बुधवार दिउँसोबाट हराई बेपत्ता भएका अभिन्दनको बिहीवार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी दुहवीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?